गोकर्णेश्वरमा कांग्रेसको अग्रता, पछि पर्‍यो एमाले

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस अघि बढेको छ । ५ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेसले अग्रता लिएको हो ।

५ वटा वडाको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसले ३३६ मतले एमालेलाई पछि पारेको छ । नेपाली कांग्रेसका दीपक कुमार रिसालको ५८६६ मत ल्याउँदा एमालेका उद्धव विष्टले ५५३० मत पाएका छन् ।

उपमेयरमा भने ९ मतले एमाले अघि रहेको छ । एमालेकी सान्नानी लामाले ५४९७ मत ल्याउँदा कांग्रेसकी शान्ति नेपालले ५४८८ मत पाएकी छिन् । अहिले वडा नम्बर ६ को मतगणना जारी छ ।

११०० मत गणना हुँदासम्मको परिणाममा मेयरमा नेपाली कांग्रेस ४० मतले अघि छ र उपमेयरमा ७ मतले पछि छ । अहिले सम्मको नतिजामा एमालेले ३ वटा वडामा र कांग्रेसले १ वटा वडामा प्यानल नै जितेका छन् । एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चीन उड्दै गर्दा परराष्ट्रमन्त्री राणाले भनिन्- बीआरआईबारे बाहिर आए जस्तो एमाले-कांग्रेसबीच विवाद छैन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ …

प्रतिकृया दिनुहॊस