काठमाडाैँ । सल्यान सदरमुकामको शारदा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा निर्वाचित भएका हुन् ।
भण्डारी ६,२१७ मत ल्याएर प्रमुख निर्वाचित भएका हुन् । उनलाई पछ्याएका एमालेका मनोजकुमार प्रधान ४,९३७ मत ल्याए । माओवादी केन्द्र-एकीकृत समाजवादीबीच गठबन्धन भने तेस्रो भयो ।
शारदाको उपप्रमुखमा सुष्मिता सापकोटा ५,३८० मत ल्याएर निर्वाचित भइन् । माओवादी र एकीकृत समाजवादी गठबन्धनका उमेदवार रमेशकुमार गौतमले ४,५९५ मत ल्याएर पराजित भए । एमाले उम्मेदवार जालना भण्डारी ४,५२२ मत ल्याएर तेस्रो भइन् ।
शारदामा ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले नगर प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । शारदा नगरपालिकासहित कांग्रेसले कुमाख, त्रिवेणी र सिद्धकुमाख गाउँपालिकामा यसपालिको निर्वाचनमा जित हासिल गरेको छ । जिल्लाको १० स्थानीय तहमध्ये अब पाँच पालिकाको मात्र नतिजा आउन बाँकी छ ।
प्रतिकृया दिनुहॊस