काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएको हुन् ।
बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरे । उनले ७ हजार २०१ मत प्राप्त गर्दा आचार्यले ५ हजार १९२ मत ल्याए ।
त्यसैगरी, उपमेयरमा पनि कांग्रेसकी वसन्ती तामाङ ७ हजार ६२३ मतसहित निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गरेकी हुन् । न्यौपानेले ४ हजार ८३० मत पाएकी छन् ।
प्रतिकृया दिनुहॊस