काठमाडौं महानगर अपडेट: बालेन १०३० मत अन्तरले अगाडी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १ हजार ३० मतले अगाडि छन् ।

साहले २ हजार ४५७ मत ल्याएका छन् भने स्थापितले १ हजार ४२७ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १ हजार १६८ मत ल्याएकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १,२,३,४ र ३२ को मतगणना सकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री