काठमाडाैँ । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दोब्बर मतले अग्रता लिएका छन् । मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९ सय ५४ मत ल्याएरका छन् ।
उन एमालेका अमरबहादुर खड्काले ४ सय ५७ मतकाम साथ पछ्याइरहेका छन् । माओवादीका मेयर उम्मेदवार गेहेन्द्रप्रसाद ढकालले १ सय ८७ मत ल्याएर तेस्रो नम्बरमा छन् । जनमत पार्टी यो पालिकामा चौथो नम्बरमा छन् । जनमतका मेयर उम्मेदवार मंगरे गोडियाले ४३ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेस उम्मेदवार सावित्रा गौतमले ९ सय ५३ मत ल्याएकी छन् । एमालेकी टिकाकुमारी समसेली मगरले ४ सय ५८ र माओवादीकी इन्दिरा सुवेदीले १ सय ७३ मत प्राप्त गरेकी छन् ।
तपाईंको प्रतिकृया




