नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढ्यो

सोमबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको बढेको छ। आइतबार १७ दशमलव ९५ अंकले बढेको बजार आज पनि १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो।

सोमबार २२२ वटा धितोपत्रको ३३ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३२९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

सोमबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूहको १ दशमलव ७४ प्रतिशतले बढेको हो।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८९९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सीजी मोटर्सले बागडोल, ललितपुरमा नयाँ अत्याधुनिक सर्भिस सेन्टर बाट सेवा शुभारम्भ

काठमाडौं ।  नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार …

प्रतिकृया दिनुहॊस