एमालेले जिते स्थानीय तह भंग गर्न सक्छ : देउवा

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन्।

धनगढीमा सोमबार आयोजित पाँँचदलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताएका हुन्।

‘संसद् विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद् नै विघटन गर्न सक्छ।’

वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

देशैभर मनसुनी वायु सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहॊस