४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १६ हजार १० रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री