काठमाडौँ । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । उनीहरूलाई आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह ११ चैत २०४९ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।
प्रतिकृया दिनुहॊस