सुन तोलाको १२ सयले बढ्यो

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ सयले बढेको छ ।

शुक्रबार सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको ९८ हजारमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने तोलाको १३२० मा नै कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री