बिजबजारमा मातातीर्थ औँसीलाई लक्षित गज्जबको डिस्काउन्ट अफर

काठमाडौँ । बिजबजार अनलाइन सपिङ्ग एपले, मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजारले आमाको मुख हेर्ने दिनलाई लक्षित गरी उक्त अफर ल्याएको हो ।

आफ्ना सन्तानहरूको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि ससाना खुसीहरूको ख्याल राख्ने आमाहरूको सम्मान स्वरूप मनाइने शुभ दिनको अवसरमा बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको कम्पनीले जनाएको छ ।

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्त्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीहरूले बिजबजार मार्फत आफूले चाहेको ठेगानामा डेलिभरी समेत गराउन सक्नेछन् । साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत पाउने छन् ।

‘यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहारहरू खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिनेछ । आमाहरूको मुहारमा मुस्कान ल्याउनको लागि बिजबजार मार्फत उपहारहरू खरिद गरी गज्जबको छुटलाई सदुपयोग गरी खुसीका साथ मातातीर्थ औँसी मनाउनुहोस्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गकिनेछ भने यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहनुहुन्छ भने सिधै www.bizbazar.com.np टाइप गरेर पनि याे सेवा लिन सक्नुहुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। …

प्रतिकृया दिनुहॊस