सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घट्याे

सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ। चाँदीको भाउ भने स्थिर नै छ।

सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार …

प्रतिकृया दिनुहॊस