रुसले दियो युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय

बीबीसी । रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिऊपोलमा तैनाथ युक्रेनी सैनिकहरूको जीवन सुनिश्चित गर्ने बताएको छ । मस्कोले उसका फौजहरूले उक्त शहरका स्टील कारखानाहरू रहेको एउटा सानो क्षेत्रबाहेक लगभग सबै ठाउँबाट प्रतिरोध हटाएको जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त उद्योग क्षेत्रको अवस्था निक्कै खराब रहेको छ । रुसी फौजहरूले मस्कोको समय अनुसार ६ बजे (०३:०० जीएमटी समय) बाट कैयौँ घण्टासम्म एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा रहेका सबै सैनिकहरूलाई हतियार र गोलीगठ्ठा बिसाएको खण्डमा जान दिइने भनिएको हो ।

त्यस्तो गर्ने सबैलाई युद्ध बन्दी सम्बन्धी जिनिभा महासन्धि अनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । यदि उनीहरूले त्यसलाई स्वीकार गरे भने रुसी फौजहरूले ६ बजे रातो झन्डा देखाउनेछन् र युक्रेनीहरूले स्टील कारखानाको क्षेत्रभर सेतो झन्डा देखाउनुपर्नेछ ।

युक्रेनको प्रतिक्रिया के छ ?
युक्रेनी अधिकारीहरूले उनीहरूले उक्त योजना स्वीकार गर्ने कुनै सङ्केत दिएका छैनन् । शनिवार राष्ट्रपति जेलेन्स्कीले रुसले मारिऊपोलमा बाँकी सैनिकहरूको हत्या गरे शान्ति वार्ता भङ्ग हुने चेतावनी दिएका थिए ।

मारिऊपोलका मेयरले कम्तीमा २० हजार गैर सैनिकहरू हप्तौँदेखिको निरन्तर हमलामा मारिएको जनाएको छ। घेराबन्दीमा परेको उक्त शहर ‘लडाइँको केन्द्रमा’ रहेको युक्रेनी नेतृत्वले बताउँदै आएको थियो । गएको मार्चबाट रुसी फौजले मारिऊपोललाई घेराबन्दी गर्न थालेका थिए ।

निरन्तरको गोलाबारीले उक्त शहरलाई भग्नावशेषमा परिणत गरेको छ जसका कारण गैर सैनिकहरू घरमुनि बनाइएका भूमिगत आश्रयस्थलमा लुकेका बताइन्छ । त्यहाँ बिजुली, पानी, खानेकुरा र औषधिको आपूर्ति समेत रोकिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस