आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजाबी सुन पनि शुक्रबारकै मूल्य प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री