एजेन्सी । भारतको बिहारमा अचम्मको घटना भएको छ । बिहारको सासाराम जिल्लामा ६० फिट लामो पुल चोरी भएको छ । समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै सरकारी अधिकारी भएको दाबी गर्ने केही व्यक्तिले यो चोरी गरेको बताएको छ ।
यो पुलको तौल ५०० टन छ र यो सन् १९७२ मा नहरका क्रममा निर्माण भएको हो । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सासारामका एसपी आशिष भारतीले भने- ‘त्यो पुल सिँचाइ विभागको थियो र प्रयोगमा थिएन । सिँचाइ विभागबाट आएर पुल लिन आएको भन्दै केहि व्यक्तिले पुल लिएर गए ।’
प्रहरीले एफआइआर दर्ता गरेर अनुसन्धान सुरु गरेको एसपीले बताए । यस विषयमा जिल्लाका कवाडी व्यवसायीलाई सचेत गराइएको छ ।
बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले यस विषयमा नितिश सरकारमाथि आक्रोश पोखेका छन् । उनले ट्वीटरमा लेखेका छन्- ‘४५ वर्ष पुरानो ५०० टन फलामको पुल १७ वर्षको बीजेपी–नितीश सरकारले दिउँसो लुट्यो । चोरहरूले ग्यास कटर, जेसीबी र सयौं मजदुर लिएर आएर पुल भत्काएका थिए । चोर जनादेश पाइरेसीबाट बनेको एनडीए सरकारबाट प्रेरित छ ।’
प्रतिकृया दिनुहॊस