अवैध रुपमा युरोप छिर्न खोज्ने ३७ नेपाली टर्कीबाट पक्राउ

काठमाडौं । अवैध रुपमा युरोप छिर्न खोज्दा ३७ जना नेपाली टर्कीबाट पक्राउ परेका छन् । टर्कीबाट अवैध रुपमा ग्रिस छिर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै नेपाली गएको सोमबार मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका ३७ मध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छाडेको छ । पक्राउ परेका अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै रहेका टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ ।

ग्रिस छिर्ने तयारी अनुसार एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु जम्मा भएर बसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले संगठित मानव तस्करका एजेन्टलाई मोटो रकम बुझाएर अवैध रुपमा युरोप छिर्ने प्रयास गरेका टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले जानकारी दिएका छन् ।

‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट युरोप नजान आग्रह गर्दै आएका छौं । हाम्रो आग्रह नमान्नेहरु पक्राउ परिरहेका छन् ।’ गएको कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

काठमाडाैं । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं आउँदै थिए ।

प्रतिकृया दिनुहॊस