काठमाडौँ । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरू एआईजीमा बढुवा गरेको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको हो ।
बढुवा समितिले उनीहरूलाई नै एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको भएपनि आयोगले बढुवा समितिको निर्णय सदर गरेपछि सरकारलाई एआईजी बढुवा गर्ने बाटो खुलेको थियो ।
यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको सङ्ख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको सङ्ख्या आठ पुगेको छ ।
तपाईंको प्रतिकृया




