गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी

काठमाडौँ । सरकारले सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले ऐरीलाई नियुक्त गरेको हो ।

यस्तै पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

आजकै मन्त्रिपरिषद्को नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ भने यसैगरी सरकारले यौन हिंसा नियन्त्रण र तेजाब आक्रमणविरुद्धको अध्यादेश ल्याउने गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री