अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव : आरजु देउवा

काठमाडाैँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छन् ।

बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा. देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएकी हुन् । उनले भनिन्, ‘अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत गर्दछ र हरेकको चिन्तनमा सकारात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।’

समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरुको समाधानसमेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा. देउवाले, भनिन्, ‘अध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई अफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।’

आफू बिरामी भएर करिब सात महिना जापान बसेका समयको अनुभव सुनाउँदै उनले भनिन्, ‘म बिरामी भएर जापानमा सात महिना बसेँ, त्यहाँ सबैसँग अन्तक्र्रिया गर्न मलाई भाषाको समस्या थियो, त्यस समयमा म अध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगेँ, यसले मेरो उपचार प्रक्रियामा पनि म आफैलाई प्रेरणा प्राप्त भएको अनुभव गरेँ र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री