पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका छन्। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईंको प्रतिकृया




