प्रकाशमानको आरोप- ‘कम्युनिष्ट पार्टीहरू भ्रमको खेती गर्न खप्पिस’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनतासामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको बताएका छन् । एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाएको भन्दै उनले उक्त कुरा बताएका हुन् ।

चुनावी अभियान अन्तर्गत आज बिहान काठमाडौं क्षेत्र नं. १ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पिस रहेको आरोप लगाए ।

उनले भने, ‘चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर-घरमा पुगेर वास्तविकता बताउनु पर्छ । जनताको बिचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् ।’

जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने भन्दै उनले राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री