एजेन्सी । युक्रेनका राष्ट्रपतिले रुसीसँग सम्बन्ध रहेका देशका ११ राजनीतिक दलका गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
गएराती एक भिडियो पोष्ट गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो रुसी समर्थक पार्टीहरू मध्ये एक विपक्षी प्लेटफर्म- लाइफ लगायतलाई प्रतिबन्ध लगाएका छन् ।
अन्य प्रतिबन्धित दलहरूमा विपक्षी ब्लक, पार्टी अफ शरिया, वाम सेनाको संघ, राज्य, युक्रेनको प्रगतिशील समाजवादी पार्टी, समाजवादी पार्टी युक्रेन, समाजवादी र भ्लादिमिर साल्डो ब्लक समावेश छन् ।
युक्रेनी न्याय मन्त्रालयले यो प्रतिबन्ध लागू गर्न तुरुन्तै कदम चाल्ने र यो प्रतिबन्ध युक्रेनमा मार्शल ल कायम रहेसम्म चल्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
तपाईंको प्रतिकृया




