काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सयले घटेर तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३७५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १३८५ मा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




