आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ ।  सुनको मूल्य शुक्रबार स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री