काठमाडौँ । सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।
यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
तपाईंको प्रतिकृया




