संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको आज सुनुवाई हुँदैछ । गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । साथै अन्य मुद्दाका विषयमा पनि छलफल हुने उनले बताए ।

अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । सोहि रिट निवेदन शुक्रबार पेशीमा चढ्ने भएको छ । सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी (अदालतका सहयोगी) पठाई दिन आग्रह गर्दै पत्र समेत लेखिसकेको छ ।

यो मुद्दामा दुवै बारबाट २ /२ जनाका दरले एमिकस क्यूरी पठाउनु भनी आदेश समेत जारी भएको थियो । सर्वोच्च अदालतले १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले जारी गरेको अन्तरिम आदेशमाथि चौतर्फी प्रश्न उठेको थियो । एकल इजलासमा रहेको त्यो निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रशासनिक टिप्पणीबाट संवैधानिक इजलासमा पेश भएको हो । शुक्रबार त्यही निवेदनको पालो परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री