पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन।
यस्तै संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ५० रहेको छ।
प्रतिकृया दिनुहॊस