चीनमा फेरि देखियाे काेराेना, एकैदिन २१४ संक्रमित भेटिए

चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराए अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुका अनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन्।

ती मध्ये अधिकांश स्वदेशमै पाइएको ती अधिकारीले जानकारी दिए। चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारी दिएकाे छ।

यहाँका हेबेइ, ग्वांगोग र जिलिनमा ती संक्रमित पाइएका हुन्। पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ।

कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ।सिन्ह्वा

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस