मोरङ्गको बेलबारी मालपोत कार्यालयमा एनएमबि बैंकको विस्तारित काउण्टर

एनएमबि बैंकले सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ ।

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्यता तथा एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रमका माझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं.३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारित काउण्टरका प्रमूख भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमूख लोकबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत केसी वडाध्यक्ष भण्डारीले शुभकामना स्वागत मन्तब्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारित काउण्टरका प्रमूख न्यौपानेले धन्यवाद मन्तब्य राखेका थिए ।

शुभकामना मन्तव्यकै क्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत केसीले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यालयले बैंकलाई विश्वास गरि सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अब मालपोत कार्यालय बेलबारीमा नगदरहित सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनुरोध गरेका छन् ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस