९१ जना कोरोना सङ्क्रमित थपिए, ३६२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ। यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६,९४७ रहेको छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री