कोराेनाका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढ्याेः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापीरुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ। डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापीरुपमा बृद्धि भएको डब्लूएचओको भनाइ छ। साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो।

डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन ग्रे ले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए।

उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो। पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप