बीबीसी । युक्रेनमा आक्रमण गरिहेको रुसमाथि युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा भएको सम्भावित युद्ध अपराधबारे अनुसन्धान शुरू गर्न लागेको बताएका हुन् ।
अनुसन्धान थाल्न ३९ वटा देशबाट आफूलाई अनुरोध प्राप्त भएको भन्दै करिम खानले प्रमाण सङ्कलन गर्ने काम शुरू भइसकेको बताए । सदस्य राष्ट्रहरूको सिफारिसँगै अनुसन्धान प्रक्रिया द्रुत गतिमा बढ्न पाउनेछ भने अनुसन्धानका लागि द हेगस्थित अदालतका न्यायाधीशहरूको अनुमोदन आवश्यक पर्नेछैन ।
युद्ध अपराध,मानवताविरुद्धको अपराध र नरसंहारबारे अनुसन्धान गरिनेछ अनि अनुसन्धानको दायरा सन् २०१४ मा रुसले क्राइमियालाई आफूमा गाभेको घटनासम्म पुग्नेछ ।
तपाईंको प्रतिकृया




