राजसंस्था पुनर्स्थापना हाम्रो पार्टीको एजेण्डा होइन : कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए ।

धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो ।

त्यसमा अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री