नेपाल बैंकका कर्मचारी र ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार यससम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।

बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका हुन्। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट पाउनेछन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस