‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने मौका

आइएमई पे ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ। आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरि २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउनु हुनेछ ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम् सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सबीच यो समझदारी बनेको हो। निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अतिमहत्वपूर्ण स्थानहरू रहेका छन्।

यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ। आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउनुहुनेछ ।

सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ । अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिने छन्, जसमध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउनु हुनेछ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस