खानीमा भएको विस्फोटमा १३ जनाको मृत्यु

कोलम्बियामा भएको खानी दुर्घटनामा ज्यान जानेको संख्या १३ पुगेको छ। यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो।

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो।

खानीभित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री