जर्मनीले युक्रेनलाई हतियार दिने, स्वयंसेवकलाई पनि बन्दुक

बीबीसी । रुसले आक्रमण जारी राखेका बेला जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ । आफ्नो नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै जर्मनीले अब युक्रेनलाई हतियार उपलब्ध गराउने भएको हो ।

युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने चान्सलर ओलाफ सोल्सले जानकारी दिए । जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाएका थिए । यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ ।

यहीबीच युक्रेन सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ । आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई मशीनगनसहि हतियार प्रदान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस