ज्योति लाइफले बोलायो साधारण सभा, १० प्रतिशत लाभांश पारित हुने

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। कम्पनीले सभा फागुन ६ गते शुक्रवार वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरा १८, कास्कीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो।

उक्त सभाले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते १ दिन बुक क्लोज गरिसकेको छ। माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस