‘मोस्टवान्टेड’ भारतीय डाँका नेपालमा सक्रिय : दिनभरि चल्ला बेच्ने, राति डकैती

काठमाडौँ । भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् । चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ ।

बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो । मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो ।

माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् ।

मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए । मनिहारका अनुसार, रूपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०९११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो ।बाँके खजुराको विकको घरमा राति एक बजे लुटपाट गरिएको थियो । हरिप्रकाश विकका अनुसार पछाडिपट्टिको ढोकाबाट भित्र प्रवेश गरेका चार जना डाँकाले शुरूमा छोरालाई नियन्त्रणमा लिएका थिए । अर्को छोरालाई बुबाआमा सुतेको कोठाको ढोका खोल्न लगाएका थिए । राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस