सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने जानकारी दिए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस