स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब रुपैयाँ

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ। आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो ।

‘निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप