फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन मधेशमा सार्वजनिक बिदा

काठमाडौँ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ । आगामी फागुन १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो ।

आगामी फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी फागुन १ गते आइतबार सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

तत्कालीन विद्रोही नेकपा (माओवादी)ले सशस्त्र विद्रोह शुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस