प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ । प्युठानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाकाअनुसार ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

जिपमा बेहुला र बेहुलीसहित जन्ती सवार थिए । ‘प्रहरी उद्धारमै छ । मृतक र घाइतेहरूलाई अस्पताल पुर्‍याएका छौँ, प्रमुख थापाले भने, ‘दुर्घटना के कसरी भयो भन्ने अनुसन्धान गर्दैछौँ । मृतक र घाइतेको परिचय खुल्न बाँकी छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस