श्रीलङ्काका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिएका छन् । देशको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले १९७ कैदीलाई आम माफीको घोषणा गरेका हुन् ।

कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ । व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कूल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनोट गरिएको हो ।

तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ । श्रीलङ्का सन् १९४८ को फेब्रुअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेब्रुअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस