माघ २८ गतेसम्म काठमाडौं जिल्ला अदालतका सेवा कटाैती

काठमाडौं जिल्ला अदालतले आफ्नो सेवा संकुचनको समयावधि २८ माघसम्म लम्ब्याएको छ।

अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको पूर्ण बैठकको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिई २८ माघसम्म सोही निर्णय बमोजिमका काम कारवाही तथा सेवाहरू मात्र प्रवाह गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टबाट न्यायाधीशहरू, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै ५ माघको पूर्ण बैठकले ६ माघदेखि १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई बिहीबार बसेको पूर्ण बैठकले २८ माघसम्म निरन्तरता दिने निर्णय गरेको गरेको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस