उत्तर कोरियाद्वारा थप दुई मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले बिहीबार दिएको जानकारीअनुसार उत्तर कोरियाले समुद्रमा उक्त दुई मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले अमेरिकाबाट आफूलाई उत्पन्न जोखिमबाट बच्नको लागि भन्दै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ ।

जनवरीमा मात्र उत्तर कोरियाले गरेको यो छौटौं मिसाइल परीक्षण हो । दक्षिण कोरियाले ज्वइन्ट चिफ्स अफ स्टाफले यो मिसाइल परीक्षणको घोषणा गरेको हो । अल जाजिराका अनुसार यो मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो ।

उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको समाचारमा उल्लेख छ । दक्षिण कोरियाले आफूहरु उत्तर कोरियाको मिसाइल परीक्षणको विषयमा थप जानकारी हासिल गर्ने क्रममा रहेको उल्लेख गरेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिडाले यस विषयमा विस्तृत जानकारी उपलब्ध नभए पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ‘अत्यन्त खेदजनक’ रहेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य