स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुन्छ : अध्यक्ष नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताएका हुन्। उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए।

अध्यक्ष नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरुले जित्ने दाबीसमेत गरे। अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य