चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोना खोप

करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका छन्।

शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ। शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन्। सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिएका हुन्।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन्। ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन्।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री