प्रतिनिधिसभा बैठक स्थगित, माघ १६ गते बस्ने

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी माघ १६ गते बोलाइएको छ। यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरि प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन्।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ। त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस