आजदेखि बुस्टर डोज, क-कसले पाउँछन् ? (पत्रसहित)

काठमाडाैँ । सरकारले आजदेखि कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई बुस्टर डोज खोप दिइने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर आजदेखि अग्रपंत्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको छ । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य